निजगढ नगरपालिका वडा नं ६ सडकटोलमा श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव २०८२मा मोटरसाइकल र्याली पनि आयोजना हुने भएको छ।
जसले कार्यक्रमलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।
मोटरसाइकल र्याली चैत २० गते बिहान १० बजे श्रीकृष्ण प्रणामी मन्दिर, निजगढ–६ प्रणामीनगरबाट सुरु हुने जनाइएको छ। र्याली सहभागी भई कार्यक्रमलाई सफल बनाउन आयोजक संस्थाले सम्पूर्ण धर्मावलम्बी, युवा तथा स्थानीयवासीलाई आग्रह गरेको छ।


श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालद्वारा आयोजना गरिने महामहोत्सव अन्तर्गत १०८ तारतम सागर पाठपरायण तथा मन्दिर कलश अनावरण कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ। महामहोत्सव चैत २१ गते देखि २७ गतेसम्म सञ्चालन हुने छ।
धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको सन्देश दिने उद्देश्यले आयोजना गरिने यस महामहोत्सवमा भक्तजनहरूको उल्लेख्य सहभागिता रहने विश्वास आयोजकको छ ।
