दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिताको सोमवार भएको पहिलो चरणको वडा नं. ९ को टिमले वाकओभर पाएका छन् । वडा नं. २ को टिम प्रतियोगिताको निर्धारित समयभित्र खेलमा सहभागी नभएसंगै वडा नं. ९ को टिमले वाकओभर पाएको उक्त प्रतियोगिता ब्यवस्थापन समितिले जनाएको छ ।
त्यसैगरी आज भएको दोस्रो चरणको खेलमा वडा नं. ६ र वडा नं. १० को टिम बिच भएको खेलमा वडा नं. १० विजयी भएको छ । वडा नं. १० का जर्सी नं. ७ का दावा वाईवाले खेलको १६ औं मिनेटमा गोल गरी टिमलाई अघि बढाएसंगै खेलको दोस्रो हाफको ४ औं मिनेटमा सोही टिमका जर्सी नं. ५ का रोहन सिंतानले गोल गरेसंगै ० का विरुद्ध २ गोलले वडा नं. १० का टिमलाई विजयी भएका हुुन । 


उत्कृष्ट खेल प्रर्दशन गरे वापत वडा नं. १० का टिमका जर्सी नं. ७ का दावा वाईवा आजको प्रतियोगिताको म्यान अफ दि म्याच घोषित भए । उनलाई स्व. विकल रेग्मीका आमा कमला रेग्मी र वडा नं. १० का वडासदस्य कुुमार मोक्तान, निजगढ नगर खेलकुुद विकास समितिका सदस्य एंव प्रशिक्षक धन बहादुर लामाले संयुुक्त रुपमा ट्रफि प्रदान गरे ।
आजको खेलमा मुुख्य रेफ्री लिलाम्बर चौधरी, सहायक रेफ्री रियाजुल स्लाम, राजुु चौधरी, फोर्थ अफिसियल नीलकमल चौधरी रहेका छन् । मंगलवार पहिलो खेल दिउसो २ बजे र दोस्रो खेल दिउसो ३ बजे निजगढ नपा ९ स्थित शहीद हिरालाल रंगशालामा हुुने जनाएको छ ।
