राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०१ औं पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसको अवसरमा निजगढमा हिजो सभाको आयोजना गरेको छ ।

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य विनोद भारतीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा कार्यसम्पादन समितिकी पूर्व केन्द्रीय सदस्य सावित्री भारती, राप्रपा मधेस प्रदेश समितिका सदस्य लक्ष्मी साह, बासु तिमल्सिना, स्वयता गुरुङ्ग लगायतले राष्ट्रिय एकता दिवसको महत्वको बारेमा बोल्नुभएको थियो ।

राप्रपा नगर कार्यसमितिका अध्यक्ष खडगप्रसाद उप्रेतिको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन केशव राउतले गर्नुभएको थियो ।

शहिद चोकमा भएको सभा सुरु हुनुअघि कार्यक्रममा सहभागी राप्रपा कार्यकर्ताहरुले पुर्वपश्चिम राजमार्गमा र्याली प्रदर्शनसमेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय