निजगढ नगरपालिकामा पनि धान दिवसको अवसर पारेर सामूहिक रुपमा धान रोपाई गरिएको छ ।
नगरपालिकाको कृषि शाखाको आयोजनामा ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ नाराका साथ निजगढ नगरपालिका वडा नं ११ रतनपुरीका किसान गोपाल गुरोको खेतमा सामुहिक धान रोपाइ गरिएको हो । कार्यक्रममा सहभागी निजगढ नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र नेरामावि रतनपुरी तथा विद्यासागर बोडिङ्ग स्कुलका छात्रछात्राले स्थानीय किसानसंगै गुरोको खेतमा पुगेर हिलो खेल्दै धान रोपेका थिए ।
रोपाइ सुरु हुनुअघि निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौला, निजगढ वडा नम्बर ११ का वडा अध्यक्ष सैइया गुरो, निजगढ नगरपालिकाकी कृषि शाखा अधिकृत रिनिता भण्डारी, पशु शाखा प्रमुख युगलकिशोर सिंह, विद्यासागर बोडिङ्ग स्कुलका व्यवस्थापक भोलाप्रसाद गौतम, स्थानीय कृषक शंकर रुम्बा लगायतले धान दिवसको महत्व बारेमा बोल्नुभएको थियो । कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सापकोटा, वडा नम्बर १० का आशाकाजी श्रेष्ठ, वडा नम्बर १२ का अध्यक्ष ज्ञानबहादुर गोले लगायतको उपस्थिति रहेको थियो ।
धान राेपाईं गरेपछि असार १५ गते खाने मुख्य भाेजन दही, चिउरा र आप ग्रहण गरेका थिए ।
गौरीशंकर माविमा पनि
निजगढ ८मा स्थित गौरीशंकर माविमा अध्यनरत कृषी विज्ञानका विद्यार्थीहरुलाई लक्षित गरि धान रोपाई गरिएको छ । केहि बर्ष अघि देखि विद्यालयले कृषी वाली विज्ञान विषय पढाई शुरु गरेको छ ।