बाराको निजगढ ९ स्थित सहिद हिरालाल रंगशाला परिसरमा हिजो वृक्षारोपण गरिएको छ ।

निजगढ नगरपालिकाको सहयोगमा र रंगशाला निर्माण संरक्षण र व्यवस्थापन समितिको अगुवाइमा रंगशाला परिसरमा ७५ थान फूल र फल प्रजातिका बिरुवा रोपिएको हो । वृक्षारोपण कार्यक्रममा स्थानीयबासिन्दा र युवाहरुको सहभागिता रहेको थियो । हरित रंगशाला निर्माण अभियान अन्तर्गत वृक्षारोपण गरिएको स्थानीय समाजसेवी बबिन पौडेलले बताउनुभयो ।

जनआन्दोलन २०६३÷०६४ का सहिद हिरालाल गौतमको नाममा नामाकरण गरिएको सो रंगशाला करिव १५ हेक्टर क्षेत्रमा फैलिएको छ । रंगशालामा स्थानीयस्तरमा संचालन हुने फुटबल प्रतियोगिताहरु संचालन हुदै आएका छन । खेल मैदानलाई व्यवस्थित र अधुनिक रुपमा निर्माण गर्न बिस्तृत परियोजना रिपोर्ट तयार भएको भएपनि थप पुर्वाधार निर्माणको काम भने हुन सकेको छैन ।

युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेलको पहलमा निर्माण गरिएको सो रंगशालामा हाल तारजालीको घेराबारा, पक्की स्टेज, शौचालय र ड्रेसिङ्ग रुम बाहेक अन्य संरचना भने निर्माण हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय