निजगढ ५ स्थित समता टोल विकास संस्थाले डेङ्गु रोग रोकथामको लागि शुक्रबारबाट किटनाशक औषधि छर्किने कार्य सुरु गरेको छ ।

समता टोल विकास संस्था अन्तर्गत पर्ने सार्वजनिक माध्यमिक विद्यालयबाट स्वामिको रुख सम्म किटनाशक औषधी छर्किने कार्य भएको हो । निजगढ नगरपालिका वडा नं ५को विषेस सहयोगमा समता टोल विकास संस्थाका अध्यक्ष सुवास चौलागाइको सहजीकरणमा औषधि छर्किने कार्य भएको स्थानिय सुमन गौतमले जानकारी दिनुभयो ।

पछिल्लो समय तराईमा गर्मी बढे सँगै डेङ्गु रोगका बिरामीहरु पनि बढेको पाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय