बाराको निजगढमा रहेको लाल खोलामा आएको बाढीले एक दुःध बोक्ने ट्याङ्कर गाडी बगाएको छ ।

आईतबार बिहान ११:३० बजे  वडा नं १० लालको पार्किङ क्षेत्रमा रहेको झोलुङ्गे पुल स्थित लाल खोलामा प्र.२-०३-००१क/ ०३९० न को दुध बोक्ने  ट्याङ्कर झोलुङ्गे पुल भन्दा ८०० मिटर तल बगाएको हो । सिमराबाट लालगाउ तर्फ दुध लिनको लागि जादै गरेको अबस्थामा खोलाले बगाउदा करिब ४ लाख बराबरको क्षति पुगेको सशस्त्र प्रहरी बल,नेपाल विपद व्यवस्थापन वेश निजगढले जनाएको छ ।

सशस्त्र प्रहरी बल निजगढका प्रहरी निरिक्षक दिलभुषण झाको कमाण्डमा  खटेको टोलीले  जेसिबिको मद्यतले ट्याङ्कर निकाल्ने काम भएको  र मानविय क्षति नभएको नायब प्रहरी उपरीक्षक देवेन्द्र थापाले बताए । ११ जना को विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु खटिएपछि दिउसो करिब २ बजे सो ट्याङ्कर जेसिबिको मद्यतले गाडी निकाल्ने काम भएको नायब प्रहरी उपरीक्षक थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय