निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन प्रयोजनको लागि आज उम्मेदवारहरुको नामावली प्रकाशन गरिदै छ ।
आजै उम्मेदवारहरुको विरोधमा उजुरी तथा उजुरीमाथि छानबिन गरी भोलि दिउसो ४ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै पर्सी साँझ ५ बजेसम्म उम्मेदवारहरुले आफनो मनोनय पत्र फिर्ता लिने समय निर्धारण गरिएको र भदौं १९ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेर २० गते उम्मेदवारहरुलाई चुनाब चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन समितिका संयोजक एवंम निजगढ नगरपालिकाका अधिकृत ऋषभ काफ्लेले जानकारी दिनुभयो ।
यता, संस्थाको कार्यसमिति चयन गर्ने बारेमा निजगढका राजनीतिक दलहरुबीच सहमति भएको बताइएको छ । नेकपा एमाले, नेपाली कांग्रेश, माओवादी केन्द्र, रापप्रपा र नेकपा एकीकृत समाजवादीबीच सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गर्ने बारेमा सहमति भएको हो । आगामी भदौं ३० गते हुने निर्वाचनले एक जना अध्यक्षसहित १/१ जना उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिव र ४ जना सदस्य तथा लेखा समिति संयोजकसहित ३ जना सदस्य चयन गर्नेछ ।