१७औ रेविज दिवसको अवसरमा निजगढ नगरपालिकाको पशु स्वास्थ्य शाखाले हिजो अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ ।
निजगढ नगरपालिकाको सभाहलमा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको सो कार्यक्रममा उपप्रमुख सोम माया थिङ, प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौला, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र नगरपालिकाको कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बाराका प्रमुख डा हेमचन्द्र जैसवाल, पशु क्वारेन्टाइन चेक पोष्ट पथलैयाका प्रमुख डा. महेशदेव बन्जाडेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख पुरीले रेविज विरुद्धको भ्याक्सिन निजगढ पशु स्वास्थ्य केन्द्रमा वर्षभरि नै निशुल्क लगाईने व्यवस्था मिलाइएको बताउदै नगरपापलिकाले समुदायमा रहेका छाडा कुकुरको व्यवस्थापन र बन्ध्याकरण कार्यक्रम संचालन गर्न लागेको पनि जानकारी दिनुभयो ।