बिहिवार दिउसो परेको पानीको कारणले भमरा खोलाको वहाब बढेपछि घास दाउरा गर्न गएका निजगढका मानिषहरु निजगढ सिंङ्गौल जंगलमा अलपत्र परेका छन ।

बिहिवार दिउसोबाट लगातार परेको कारणले सडकटोल ६ बाट भमरा हुदै सिंङ्गौल जंगलमा घास दाउरा गर्न गएका करिब १५-२० जना भमरा खोला पारीनै रहेको सशस्त्र प्रहरी बल, नेपाल विपद व्यवस्थापन वेश निजगढका नायब प्रहरी उपरीक्षक दिनेश शर्माले निजगढ डटकमलाई जानकारी दिनुभयो । खोलामा पानीको वहाब उच्च रहेकाले  हामीले अहिले माईकिङ्गको मार्फत खोला पारी रहनुभएको मानिषहरुलाई शुरक्षित रहन आग्रह गरेका छौ र पानीको वहाब कहि कमी हुने बितिकै उद्दारको लागी हामी तयार रहेको नायब प्रहरी उपरीक्षक  शर्माले भने ।

यता जंगलमा मानिषहरु अडकिएको कारणले आफुलाई जानकारी हुने बितिक्कै सहि स्थानमा पुगेर नआत्तीन सबैलाई जानकारी गराएको निजगढ नगरप्रमुख सुरथ पुरीले जानकारी दिनु भयो । यस्तै निजगढ वडा नं ७बाट सिंङ्गौल जंगल तर्फ पनि केहि मानिष गएको र उनिहरुको  उद्दार कार्यको लागी सबै तयारमा बसेको समेत  नगर प्रमुख पुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय