निजगढ नगरपालिका वडा नम्बर ९ कार्यालयले स्थानीयलाई न्यानो कपडा वितरण गरेको छ ।
कार्यालयको तर्फबाट वडामा रहेका ८० वर्षमाथिका ६५ जना जेष्ठ नागरिक र १५ जना अपाङ्गसमेत गरी ८० परिवारमा न्यानो कपडा १÷१ थान फाइबरको सिरक वितरण गरेको वडा अध्यक्ष रामचन्द्र कटुवालले जानकारी दिनुभयो । वडा अध्यक्ष कटुवालसहित वडा सदस्यहरु चित्रबहादुर चौलागाई, बबिताकुमारी श्रेष्ठ, इन्द्रकुमारी सुनुवार र कार्यालय सचिव सपना ढुङ्गानासहित कर्मचारीहरुले सेवाग्राहीको घरघरमै पुगेर न्यानो सिरक वितरण गरेका हुन ।
बढदो शीतलहरबाट जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुलाई सुरक्षित पार्न न्यानो कपडा वितरण गरिएको वडा अध्यक्ष कटुवालले बताउनभुयो ।