निगजढ नगरपालिका वडा नम्बर ७ मा रहेको सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा सदन विभाजन सहित बाल क्लबद्वारा अतिरिक्त क्रियाकलाप गरिएको छ ।

बाल क्लबका अध्यक्ष अफ्रोज खानको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीको सदन (हाउस) विभाजन संगै विद्यार्थीले आफ्ना प्रतिभा प्रस्तुत गरेका हुन् । बाल कक्षादेखि ८ कक्षासम्म अध्ययन अध्यापन हुने विद्यालयमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई विभिन्न ४ सदनमा विभाजन गरिएको हो । विद्यालयकी शिक्षक किरण श्रेष्ठ प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा विद्यार्थीलाई रातो, निलो, हरियो र पहेँलो गरी ४ सदमा विभाजन गरिएको छ ।

विद्यालयमा अन्तरसदनात्मक प्रतियोगिता गर्ने तथा विभिन्न गतिविधिमा सबै विद्यार्थीको सहभागिता गराउने उद्देश्यले सदन विभाजन गरिएको शिक्षक रुपेश भट्टराईले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विद्यालयका शिक्षक किरण श्रेष्ठले बालबालिकाको अन्तरनिहित क्षमता प्रष्फुटनका लागि विद्यालयले नियमित अतिरिक्त क्रियाकलाप गर्ने र त्यसबाट सदनात्मक रुपमा सहभागिता रहने बताउनुभयो ।

यसबाट विद्यार्थीमा स्वस्थ प्रतिस्पर्धाको भावना समेत बढ्न गई शिक्षण सिकाइ क्रियाकलापमा समेत सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा विद्यार्थी अमन दास, सौरभ साह लगायत विद्यार्थीहरुले आफ्नो प्रतिभा राखेका थिए । कार्यक्रमको सञ्चालन बाल क्लबका सचिव सुमन रौनियारले गर्नुभएको थियो । कार्यक्रममा शिक्षक टेकराज भण्डारी, कल्पना आचार्य, अम्बिका घिमिरे, निशा लामा, सुरेन्द्र सुवेदी, सरु थापा, दुर्गा सापकोटा, सबिता पाण्डे, रीता तिमिल्सिना लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय