निजगढमा घर नक्सा, जग्गा नापजाँचसगै ईन्जिनियरिङ्गको काम गर्ने नयाँ कम्पनीले सेवा दिन शुरु गरेको छ ।

निजगढ ७ लोकप्रिय सहकारी छेउमा आफ्नो मुख्य कार्यालय राखेर शुरु गरेको फास्ट ट्रयाक बिल्डर्स एण्ड ईन्जिनियर्स  प्रा.ली.ले बुधबार एक समारोह गरी निजगढ नगरका उपप्रमुख सोममाया थिङ्गले कार्यालयको रिवन काटेर शुरुवात गर्नु भएको हो ।

उद्धघाटन पछि उपप्रमुख थिङले जनतालाई यो कम्पनीले सहयोग पुग्ने भएकोले हातेमालो गर्दै अघि बढ्ने बताउनु भएको छ ।

फास्ट ट्रयाक ब्युल्डर्स एण्ड ईन्जिनियरिङ्ग प्राली नामक संस्थाबाट घर नक्सा, जग्गा नापजाँचसगै ईन्जिनियरिङ्गका सम्पुर्ण कामको छिटो छरितो जवाफदेहिता सहित काम गर्न काठमाण्डौ छाडेर आफनै ठाँउ निजगढ रोजेको कम्पनीका सञ्चालक भिष्म प्रसाद गौतम र कृष्ण श्री जोशीले बताउनु भएको छ ।

कार्यालयको उद्धघाटन कार्यक्रममा निजगढ नगरपालिकाका पुर्व नगरप्रमुख सुरेश खनाल, माओवादी केन्द्रका रबिराज दङगाल, एमालेका भोला गौतम , शुदर्शन कोईराला, नापी कार्यालय सिमराका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय