निजगढ नगरपालिका– ७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाले ऋणी मृतक परिवारको सदस्यलाई बीमा रकम भुक्तानी गरेको छ ।

संस्थाले शुक्रवार हिजो एक कार्यक्रमबीच संस्थाको ऋणी शेयर सदस्य रेशमबहादुर जर्गा मगरको मृत्युपछि उनको श्रीमती सीता जर्गा मगरलाई आई.एम.ई.लाईफ इन्स्योरेन्स कम्पनीमार्फत २ लाख ५२ हजार बीमा रकम भुक्तानी गरेको हो । सहकारी संस्थाबाट १ लाख ५ हजार कर्जा लिएका रेशमको निजगढ ७ स्थित वर्कसपमा भएको बिष्पोटनमा परेर ज्यान गएपछि श्रीमतीलाई बीमा बापतको रकम भुक्तानी गरिएको हो ।

आफले संचालनमा ल्याएको रोहित वर्क शपमा ग्यास कटरबाट शंकास्पद वस्तु काटने क्रममा भएको विष्पोटनमा परेर उनको गत फाल्गुन १४ गते मृत्यु भएको थियो । सो घटनामा मृत्यु भएका ३ जनामध्ये कर्जा बीमा गर्ने मगरको परिवारले मात्रै सो रकम पाएको हो । यसअघि काजक्रियाबापत पनि रेशमको परिवारलाई कर्जाको ४० प्रतिशत रकम भुक्तानी गरिएको थियो ।

सगरमाथा सहकारीको सभा हलमा भएको रकम हस्तान्तरण कार्यक्रममा कम्पनीका मधेश प्रदेश प्रमुख रविशंकर सर्राफ, शाखा एजेन्सी म्यानेजर भगवती घिमिरे र सुष्मा पण्डित, समाजसेवी एवम् बुद्धिजीवी शम्भु भण्डारी, रत्नबहादुुर बुढाथोकी, सहकारी संस्थाका अध्यक्ष भोलाप्रसाद गौतम, उपाध्यक्ष हरिमैया उपाध्याय पोखरेल, सदस्यहरु रमेशप्रसाद गौतम, सुदिप तिमल्सिना, सिता रिसाल, सहकारीका लेखा समितिका संयोजक रुद्रप्रसाद धिताल, सदस्यहरु प्रल्लादप्रसाद रिमाल, मञ्जु कार्कीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सहकारीका व्यवस्थापक हरिप्रसाद पण्डितले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय