निजगढ९ सरकारी अस्पताल रोडमा रहेको निजगढ तिलगंगा सामुदायीक आँखा अस्पतालले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सञ्चालन छिट्टै अब गर्ने भएको छ। अस्पताल व्यवस्थापनका अनुसार यहि कात्तिक २२ गतेदेखि अस्पतालले आफ्नै भवनबाट आँखा उपचार सम्बन्धि सेवा प्रदान गर्ने निजगढ तिलगंगा शाखाका प्रमुख अधिकृत एवंम इन्जिनियर रामगोपाल पाठले निजगढ डटकमलाई जानकारी दिनुभयो  ।

आँखाको उपचारका लागि विश्व प्रसिद्ध तिलगंगा नेत्र अस्पतालले स्थानीय स्तरमा आँखाको उपचारमा सर्वसाधारणको सहज पहुँच बिस्तारका लागि निजगढ लगायत देशका विभिन्न २० स्थानमा अस्पतालहरूमार्फत् आँखा उपचार सेवा प्रदान गर्दै आएको छ।

अस्पताल व्यवस्थापनका अनुसार निजगढमा निर्माणाधिन भवनको निर्माण कार्य सम्पन्न भएपछि बिरामीले बहिरंग सेवा, विशेषज्ञ सेवा, बिस्तारित सेवा र नियमित शल्यकृया सेवा पाउनेछन् ।

तिलगंगा नेत्र चिकित्सालयले हाल निजगढमा प्राथमिक स्तरको आँखा उपचार सेवा प्रदान गरिरहेको छ। साथै समुदाय र विद्यालय स्तरमा आँखा सम्बन्धि सचेतनामूलक कार्यक्रम र निःशुल्क उपचार शिविरमार्फत् आँखा उपचार सेवा समेत प्रदान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय