नेपाल टेलिकम निजगढ शाखाले हिजोबाट कपर वाईर हटाएर फाईबर तार प्रविधिको ईन्टरनेट सेवा सुरु गरेको छ ।

टेलिकमको निजगढ कार्यालयमा एक कार्यक्रमबीच निजगढ नगरपालिका नगर प्रमुख सुरथ पुरीले कपर वाईरको स्विच बन्द गरेर फाईरबर वाईरको स्विच अन गर्नुभएपछि नयाँ प्रविधिको सेवा शुरु भएको हो । सो अवसरमा निजगढमा कपर वाईर पुर्ण रुपमा बन्द भएको र फाईबरबाट चल्ने नयाँ प्रविधिको ईन्टरनट सेवा सुचारु भएको घोषणा गरिएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले निजगढका केही स्थानमा अझै पनि नेपाल टेलिकमको टावरले राम्रोसँग काम नगरेकाले सेवा प्रभावकारी तुल्याउन आग्रह गर्नुभएको थियो ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल टेलिकमका मधेस प्रदेश निर्देशनालयका निर्देशक नामाकर न्यौपानेले टेलिकमले निजगढमा नयाँ प्रविधिको फाइबर इन्टरनेट सेवा शुरु गरेको र अन्य सेवा पनि प्रभावकारी तुल्याउदै लैजाने बताउनुभयो ।

कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल टेलिकमले गुणस्तरीय सेवामा ध्यान दिनुपर्ने बताउनुभएको थियो । सो कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामा, टेलिकम वीरगञ्ज शाखाका प्रवन्धन सुजित आनन्द मल्ल, लेखा प्रमुख नेत्रबहादुर भुजेल, चन्द्रपुर शाखा कार्यलयका लेखा प्रमुख महम्मद हसन अन्सारीलगायतको उपस्तिति रहेको थियो । करिव ३ हजार ५ सय लाइन क्षमताको फाइबर प्रविधिको सेवा अन्तर्गत हाल निजगढमा करिव ३ सय ग्राहक आवद्ध भएका छन । निजगढमा निजी कम्पनीको सुबिसु, ब्रोडलिङ्क, वल्र्डकिङ्क लगायतका ईन्टरनेट सेवा प्रदायिक कम्पनीहरुले पनि सेवा दिदै आईरहेको छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय