लायन्स क्लब अफ निजगढ युथले संविधान दिवसको उपलक्ष्यमा विहिबार निजगढमा वृक्षारोपण तथा झन्डोत्तोलन कार्यक्रमको आयोजना गरेको छ ।

निजगढ नगरपालिका– ९ स्थित सहिद हिरालाल रगंशालामा युथले झन्डोत्तोलन तथा विरुवा रोपेको हो । कार्यक्रममा युथका प्रेसिडेन्ट अविनाश सापकोटा, पहिलो भाईस प्रेसिडेन्ट राजकुमार श्रेष्ठ, तेश्रो भाईस प्रेसिडेन्ट जगतबहादुर न्यौपाने, क्लबका सेक्रेटरीमा प्रमोद न्यौपाने, ट्रेजर इराज कोइराला, पूर्वप्रेसिडेन्ट सुदर्शन दंगाललगायत युथका सदस्यहरुको सहभागिता रहेको थियो ।

वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातीका रुखविरुवा रोपिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय