निजगढ नगरपालिका सिङ्गौल क्षेत्रको वडा नं १,२,३मा वर्षाको कारण २ दिन देखि विद्युत अवरुद्ध रहेको थियो । २ दिन देखि अवरुद्ध रहेको विद्युत सुचारु गर्न वडा अध्यक्ष सहित विद्युत प्राधिकरणको टोली स्थलमा पुगेका थिए ।
लगातारको वर्षाको कारणले निजगढ-सिङ्गौल सडक खण्डमा विद्युत प्राधिकरणको तारमा रूख ढलेर अवरुद्ध भएको थियो र आईतवार बिहानै देखि नेपाल विद्युत प्राधिकरणको कर्मचारीको प्रयासले पुन विद्युत सुचारु गर्न सफल भएको निजगढ नगरपालिका वडा नं ३का वडा अध्यक्ष गोकुल तिमल्सिनाले निजगढ डट कमलाई बताए।
अध्यक्षहरुले डोजर र विद्युत प्राधिकरणका कर्मचारीहरुलाई सहयोग गरेर रुख पन्छ्याए पश्चात विद्युत शुचारु गरिएको थियो । विद्युत सुचारु निजगढ नगरपलािका वडा नं १का मंगल लोप्चन, वडा नं २का राजन श्रेष्ठ, वडा नं ३का गोकुल तिमल्सिना लगायत स्थानियरहरु पुगेका थिए ।
सिङ्गौल क्षेत्रमा केहि बर्ष अघि बर्षा मौसममा दैनिक जस्तो विद्युतमा समस्या हुने गरेको थियो तर केहि समय अघि मात्र निजगढ नगरपालिकाकी पुर्व उपप्रमुख लिलादेवी लामिछाने र निजगढ नगरपालिका वडा नं २ का पुर्व वडा अध्यक्ष केशव ढोडारीहरुको पहलमा पुरानो नांंङ्गो तार परिवर्तन गरि कपर तार हालेपछि समस्य कमि भएको छ ।