निजगढमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ ।

निजगढ नगरपालिकाले हस्ताक्षर संकलन गरेर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको शुरुवात गरेको हो । नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमबीच अभियानको पहिलो दिन हिजो हिंसा विरुद्धको प्रतिवद्धतासहित हस्ताक्षर संकलन गरिएको छ । १६ दिन सम्म चल्ने सो अभियान  दैनिक रुपमा केहि कार्यक्रहरु गरेर मनाउने निजगढ नगरपालिकाकि उपप्रमुख सोममाया थिङ्गले निजगढ डटकमलाई बताउनुभयो ।

निजगढ नगर प्रमुख सुरथ पुरीले हस्ताक्षर गरेपछि शुरु भएको सो कार्यक्रममा नगर उपप्रमुख सोममाया थिङ्ग, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला ,विभिन्न राजनीति दलका प्रतिनिधि, निजगढमा रहेको विभिन्न संघसस्थाका महिला प्रनितिधि लगायत नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय