निजगढ वडा नं ११ कार्यलयले माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा माघी मिलन कार्यक्रम गरेको छ । वडा कार्यलयले रतनपुर स्थित चोकमा १ गते मंगलबार माघी मिलन कार्यक्रमको आयोजना गरेको हो ।

थारु समुदायको सांस्कृतिक पहिचान झल्कने  पहिरन सहित  माघी मिलन कार्यक्रम गरेको छ । थारु समुदायको रैथाने खानाहरूको प्रवर्द्धन गरिएको छ ।

कार्यक्रममा निजगढ नगरपालिकाको नगरप्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग , वडा अध्यक्षहरु, पुर्व नगरप्रमुख सुरेश खलान , पुर्व उप-प्रमुख लिलादेवि लामिछाने , स्थानिय राजनितिक दलका प्रमुखहरुको पनि उपस्तिथि रहेको थियो । कार्यक्रमको सभाध्यक्षतामा निजगढ नगरपालिका वडा नं ११का वडा अध्यक्ष सहइया गुरो थारुले गर्नु भएको थियो ।  

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय