सहिद हिरालाल गौतमको १९औं स्मृति दिवसको अवसरमा हिजो निजगढ नगरपालिका वडा नम्बर ४ स्थित सहिद हिरालाल पार्कमा नेकपा एमाले निजगढ नगर कमिटीले स्मृति सभा कार्यक्रम आयोजना गरेको छ ।

निजगढ नगरपालिका नगर प्रमुख एवंम नेकपा एमाले निजगढ नगर कमिटीका अध्यक्ष सुरथ पुरीको अध्यक्षतामा भएको सो कार्यक्रममा सहिद हिरालाला गौतमका पिता षडानन्द गौतम, सहिद पत्नी गायत्री गौतम, नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य एवंम निजगढ नगर ईन्चार्ज लिलादेवी लामिछाने खनाल, मधेस प्रदेश कमिटी सदस्य अम्बिकाप्रसाद चौलागाईं, सुदर्शनप्रसाद कोइराला, पार्टी जिल्ला कमिटी सदस्यहरु, उपप्रमुख सोममाया थिङ, वडा अध्यक्ष तथा वडा सदस्यहरु, राष्ट्रिय युवा संघ केन्द्रिय उपाध्यक्ष प्रकाश गौतमलगायत पार्टीका नेता कार्यकर्ता र सहिद परिवारका सदस्यहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य अम्बिकाप्रसाद चौलागाईले कार्यक्रमको औचित्यको बारेमा बोल्दै सहिदले देखाएको बाटोलाई कहिल्यै भुल्न नहुने बताउनुभएको थियो । कार्यक्रमका अध्यक्ष सुरथ पुरीले २०६२–०६३ को जनआन्दोलनले ल्याएको व्यवस्थाप्रति पछिल्लो पुस्तामा जबरजस्त रुपमा नकारात्मकता र भ्रामक धारणा फैलाउने काम भएकोले सचेत नागरिकले खबरदारी गर्दै सहिदको सपना पूरा गर्न एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

कार्यक्रमको सहजीकरण नेकपा एमाले निजगढ नगर कमिटी सचिव तिलक घलानले गर्नुभएको थियो । निजगढ नगरपालिका वडा नम्बर ५ निवासी गौतमको २०६२÷०६३ को जनआन्दोलनको क्रममा निजगढमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागेर २०६३ बैशाख ४ गते जयन गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय