निजगढ वडा नं १२मा एक दिने ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
निजगढ नगरपालिका वडा नम्बर १२ को आयोजनामा र च्याप्टर नेपाल संस्थाको सहकार्यमा एक दिने ट्राफिक सचेतनामूलक कार्यक्रम शुक्रबार सम्पन्न भएको हो।


कार्यक्रम वडा नम्बर १२ का श्री सरस्वती आधारभूत विद्यालय कोलगाँउ र श्री नेपाल आधारभूत विद्यालय बुङ्जोरमा आयोजना गरिएको हो। विद्यार्थीहरूलाई सडक सुरक्षा सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो।
कार्यक्रममा वडा नम्बर १२ का वडाध्यक्ष ज्ञान बहादुर गोले, वडा सदस्यहरू चन्द्रमान तामाङ, शम्भु थोकर, महिला सदस्य सुकुमाया जिम्बा, वडा नं १२का सचिव अरुण कुमार बस्नेत र च्याप्टर नेपालका महासचिव सुदीप तिमल्सिनाको समेत उपस्थिति रहेको थियो। 
दुवै विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा जिल्ला ट्राफिक कार्यालय बाराका प्रमुख दीपक केसीले विद्यार्थीहरूलाई ट्राफिक सुरक्षा, ट्राफिक नियम र अनुशासनका विषयमा जानकारी गराएका थिए।
कार्यक्रमको सञ्चालन च्याप्टर नेपालका सदस्य योगेश न्यौपानेले गरेका थिए।
