नेकपा (माओवादी केन्द्र) को सहायक संगठन युवा कम्युनिष्ट लिग वाइसीएल नेपालले श्रम तथा उत्पादनमा YCL अभियान अन्तर्गत सोमबार निजगढ नगरपालिका–१ सिंगौलामा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।
सोही अवसरमा सहिद रामवृक्ष यादवको ३१औँ स्मृति दिवस समेत मनाइएको थियो। कार्यक्रममा सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदानको स्मरण गरिएको थियो।


कार्यक्रमको अध्यक्षता वाइसीएल निजगढ नगर अध्यक्ष सुदर्शन थपलियाले गर्नुभएको थियो। प्रमुख अतिथिको रुपमा पार्टी केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज छेत्र बहादुर श्रेष्ठ अनिलको उपस्थिति रहेको थियो।
विशिष्ट अतिथिहरुमा पार्टी केन्द्रीय सदस्य राजन पौडेल, प्रदेश कमिटी सदस्यज्यूहरु, बाराका विभिन्न पालिकाका अध्यक्ष तथा नेताहरु,वाइसीएल बाराको जिल्ला अध्यक्ष सिकेन्द्र कुशवाहा लगायत जबस मोर्चाका केन्द्रीय, प्रदेश, जिल्ला र नगर तहका जिम्मेवार नेताहरुको उल्लेख्य उपस्थिति रहेको माओवादी केन्द्र निजगढका अध्यक्ष सन्तोष दंगालले जानकारी दिनुभयो ।
