नेकपा एमाले निजगढ  वडा नं १ कमिटि द्वारा हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

निजगढ १ मा भएको तिज कार्यक्रम नेपाली महिलाहरुको मौलिक पर्व तिजमा शुभकामना र आफ्नो संस्कृति जोगाउने हिसाबले गरेको वडा कमिटिका अध्यक्ष कुमार खडकाले बताउनुभयो ।

कार्यक्रममा एमाले निजगढ नगर अध्यक्ष तिलक घलान नगर उपसचिब जगतकुमारी न्यौपाने जानुका लगायत वडा नं १ कमिटिका पदाधिकारीहरुले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा निजगढका स्थानिय कलाकार बद्री राउत र नबराज राउतले दोहोरी गितहरु गाएका थिए ।  कार्यक्रमको अध्यक्षता एमाले निजगढ वडा नं १ कमिटिका अध्यक्ष कुमार खडकाले गर्नुभएको थियो । कार्यक्रममा स्थानिय महिलाहरुले नाचगानको साथै दर खाएर तिज मनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय