निजगढ नगरपालिकाले निःशुल्क जै घाँसको बिउ वितरण गर्ने भएको छ ।

पालिकाको पशु सेवा शाखाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार निःशुल्क जै घाँसको बिउ वितरण गर्ने भएको छ। सो कार्यक्रम अन्तर्गत २०८२-८-८ गते देखि २०८२-८-१२ गते सम्म नगर क्षेत्रका विभिन्न स्थानबाट बिउ वितरण गरिने सूचना सार्वजनिक गरिएको छ।

पशु विकास अधिकृत युगल किशोर सिंहका अनुसार कृषकलाई सहज वितरणको व्यवस्था मिलाउन बिउ वितरणका स्थान र सम्बन्धित वडा छुट्टाएर तोकिएको र यसले कृषकलाई थप सेवा पुग्ने बताउनुभएको छ ।

बिउ वितरणका स्थान र जिम्मेवारी

क्र.सं. वडा नं. वितरण स्थल
वडा नं. १, २, ३ पशु सेवा इकाई, सिङ्गौल
वडा नं. ४, ५, ६  वडा कार्यालय
वडा नं. ७, ८, ९ पशु सेवा शाखा, निजगढ–७
वडा नं. १०, ११, १२, १३ पशु सेवा इकाई, रतनपुर

यस्तो छ पालिकाको सुचना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय