३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा निजगढ नगरपालिकाले अपाङ्गता भएकाहरुको घरमै पुगेर  स्वास्थ परिक्षण गरेको छ ।

हरेक वर्ष डिसेम्बर-३ का दिन मनाइने अन्तर्राष्ट्रिय अपाङ्गता दिवस  निजगढ नगरपालिकाले पनि स्वास्थ परिक्षण, जनचेतनामूलक तथा सृजनात्मक कार्यक्रम गरी मनाएको छ ।

‘दिगो विकासको लक्ष्य अपाङ्गतामैत्री भविष्य’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ यो दिवस आज निजगढ नगर भित्र रहेका ‘क’ बर्गका अपाङ्गता भएका व्यक्तीहरुको घरमै पुगेर १३ जनाको स्वास्थ्य परिक्षण गरिएको हो । स्वास्थ्य परिक्षण गरिएको मध्य १ जनालाई व्हीलचेयर पनि प्रदान गरिएको छ ।

घर दैलो कार्यक्रममा निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी, उप- प्रमुख सोममाया थिङ, प्रमुख प्रशासकिय अधिकृत सुर्यप्रसाद गौतम,स्वास्थ शाखा प्रमुख रमेश लामा, स्वास्थ अधिकृत मणिश्वर घिमिरे, डा. बिकाश लामा,  सहायक महिला विकास निरीक्षक रोजि श्रेष्ठ लगायत अन्य कर्मचारी र जनप्रतिनिधीहरुको पनि उपस्तिथीहरुको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय