निजगढ नगरपालिकाले चिसो बढ्दै गएकाले नगरभित्र सञ्चालनमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा घोषणा गरेको छ।
नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार अत्यधिक चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै विद्यालयहरूमा २०८१ पुस ९ गतेदेखि ११ गतेसम्म जाडो बिदा दिइएको हो।


नगरपालिकाले उक्त बिदा वार्षिक बिदाबाट मिलान हुने गरी व्यवस्था गरिएको जनाएको छ। नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद देवकोटाद्वारा हस्ताक्षरित सूचनामा सम्बन्धित सबै विद्यालयलाई निर्णय कार्यान्वयन गर्न आग्रह गरिएको छ। 
