AI Generated Image
निजगढ । नेपाल विद्यार्थी संघ (ने.वि.संघ) निजगढको आयोजनामा तेस्रो रक्तदान कार्यक्रम सम्पन्न हुने भएको छ। “सेवा नै धर्म हो” र “रक्तदान जीवन दान” भन्ने नाराका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो।


नेपाल विद्यार्थी संघ निजगढ नगरकार्यसमितिका सभापति ईश्वर सापकोटाको अनुसार रक्तदान कार्यक्रम २०८२ पौष १२ गते शनिबार निजगढ स्थित सहिदचोकमा सञ्चालन हुन लागेको हो। कार्यक्रममा विद्यार्थी, स्थानीय युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकताको मूलमन्त्रलाई आत्मसात गर्दै नेविसंघ निजगढले सामाजिक उत्तरदायित्वअन्तर्गत नियमित रूपमा रक्तदानजस्ता मानवसेवामूलक कार्यक्रम गर्दै आएको आयोजक समितिले जनाएको छ।
रक्त अभावका कारण ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यक्रममा स्वस्थ र इच्छुक सबै नागरिकलाई रक्तदान गर्न आयोजक नेविसंघ निजगढले आग्रह गरेको छ।
