फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले)ले बारा निर्वाचन क्षेत्र नं. १ बाट ७ जनाको नाम सिफारिस गरेको छ।

पार्टीको क्षेत्रीय कमिटीको भेलाले ७ जना सदस्यलाई उम्मेदवारका रूपमा सिफारिस गरेको  संयोजक भरत बहादुर भण्डारीले जानकारी दिनुभयो ।

सिफारिस सूचीमा पूर्वमन्त्री पुरुषोत्तम पौडेल, निवर्तमान सांसद अच्चूत मैनाली,प्रदेशसभा सदस्य  त्रिलोकी प्रसाद चौधरी, जिल्ला कमिटी सदस्य धनमाया चौधरी, निजगढ नगर सचिव थानेश्वर सापकोटा ‘अविरल’, कोल्हवी नगर अध्यक्ष पुरनदेव चौधरी, सिम्रौनगढ नगर कमिटी सदस्य सुधामादेवी रामको नाम पनि सिफारिस गरिएको छ।

संयोजक भण्डारीको अनुसार सिफारिस गरिएका नामहरूलाई केन्द्रीय समितिमा पठाइनेछ भने अन्तिम उम्मेदवारको टुंगो पार्टी नेतृत्वले लगाउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय