दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिताको मंगलवार भएको पहिलो चरणको खेलमा वडा नं. ७ को टिमले जितेको छ । वडा नं. ४ लाई ० का विरुद्ध वडा नं. ७ को टिमले १ गोल गरी जीत हात पारेको हो । खेलको दोस्रो हाफको ६ औं मिनेटमा सो टिमका जर्सी नं. ९ का शिभम् सञ्जेलले गरेको गोल नैं निर्णायक भएसंगै आजको प्रतियोगिताको म्यान अफ दि म्याच सञ्जेल नैं घोषित भए । उनलाई स्व. विकल रेग्मीका आमा कमला रेग्मी ट्रफि प्रदान गरे ।
त्यसैगरी दोस्रो चरणको खेलमा वडा नं. ११ र वडा नं. १३ को टिम बिच भएको निक्कै प्रतिश्पर्धात्मक खेलमा वडा नं. १३ ले जीत हात पारेको छ । विपक्षी टिमका खेलाडीको सानो डिबक्स भित्र ह्याण्ड भएपछि पाएको पेनाल्टी प्रहारको मौकालाई टिम क्याप्टेन जर्सी नं. ६ का समिर गोङ्गवाले उचित सदुपयोग गरेसंगै सो टिमले जीत हात पारेको हो । गोङ्गवाले आफ्नो टिमका लागि निर्णायक गोल गरेसंगै आजको प्रतियोगिताको म्यान अफ दि म्याच उनी नैं घोषित भए । उनलाई स्व. विकल रेग्मीका आमा कमला रेग्मी र निजगढ नगर खेलकुुद विकास समितिका सदस्य एंव प्रशिक्षक धन बहादुर लामाले संयुुक्त रुपमा ट्रफि प्रदान गरे ।
आजको दुुई चरणको खेलमा मुुख्य रेफ्री लिलाम्बर चौधरी र नीलकमल चौधरी, सहायक रेफ्री राजुु चौधरी, फोर्थ अफिसियल रियाजुल स्लाम रहेका छन् । बुधवार हुुने क्वाटर फाईनल खेल पहिलो खेल दिउसो २ बजे वडा नं. ३ र ९ र दोस्रो खेल दिउसो ३ बजे वडा नं. १ र १० बिच निजगढ नपा ९ स्थित शहीद हिरालाल रंगशालामा हुुने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय