निजगढको परिचय
निजगढ बारा जिल्लामा अवस्थित एउटा नगरपालिका हो । साबिक निजगढ गाबिसको बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यसलाई नगरपालिका घोषणा गर्दा निजगढ,भरतगंज सिङगोल र रतनपुरी गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । नेपालमा अब महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५ बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् । बारा जिल्लाको महेन्द्र राजमार्गमा पर्ने निजगढ बजार सो क्षेत्रको प्रमुख बजार हो । निजगढको पश्चिममा बकैया खेला र पुर्वमा भमरा खोला पर्दछन ।

एतिहासिक परिचय
निजगढमा कहिले देखि बस्ती बसेको हो भन्ने बारेमा कुनै ठोस ऐतिहासिक तथ्य फेला परेको छैन  केवल किँवदन्तीको आधारमा निजगढ  ३०० वर्ष भन्दा पुरानो बस्तिको भन्ने जानकारी आउँछ । निजगढको ऐतिहासिक नालिबेलिको खोजी कुनै गतिलोसँग भएको छैन तैपनि निजगढ बारे जानकारी तयार पार्नु भन्दा पहिले अनुसन्धानहरको आधारमा निजगढका आदिवासी कछडियाहरु मुसलमानहरुको आक्रमाणहरुबाट जोगिन ३०० बर्षभन्दा अघि नै यहाँ जङ्गलको बिचमा आएर बसोबास गर्न थालेको जानकारीमा आउँछ । निजगढको नामाकरण सम्बन्धमा पनी स्पष्ठ प्रमाण फेला पर्न सकेको छैन तर पनी निजगढ कुनै न कुनै ऐतिहासिक यद्धका गढहरुसँग सम्बन्धित रहेको कुरा भन्ने अडकल गर्न सकिन्छ । तयस्तै बि.स २०२४/२५साल तिर महेन्द्र राजमार्ग बनेपछी र त्यसपछी हेटौडाबाट सट्टा भर्ना पाएर आएका मानिसहरुको बसोबास भऐपछी निजगढ झन फराकीलो भयो ।
सामाजिक परिचय
निजगढमा बसोबास गर्ने जातिहरुमा मुलत : वाहुन क्षेत्रिहरुको प्राधाम्यता भएता पनि तामाङ्गहरुको बसोबास पनि कम छैन। यि बाहेक कछडिया,नेवार,कामी,दमाई मगर,माझी,दनुवार तथा अन्य जातिहरुको बसोबास पनि निजगढमा छ।
शैक्षिक परिचय
निजगढमा सवै भन्दा पुरानो विधालयको रुपमा पुरानो निजगढको विधालयलाई मानिन्छ । यो विधालय बि.स २०१७ सालमा स्थापना भएको पाईन्छ। त्यसपछि २०२२सालमा वागदेवमा एउटा बिधालय स्थापना भएको पाईन्छ । हाल सम्म निजगढमा जम्मा सरकारी विधालय र प्राइवेट तर्फ ४वटा स्कुलहरु स्नचालनमा आएको छ।

निजगढको परिचयको स्रोत : श्रिराम पाण्डे ,निजगढ  नगरपालिका ,उमेश सिग्देल प्रकाश दाहाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय